राजनीति

लहानमा सिके राउतको गोप्य बैठक, प्रहरी र पत्रकारलाई निषेध

चैत ३, २०७५

    लहानः सरकारसँग फागुन २४ गते भएको ११ बुँदे सहमतिको विषयमा छलफल गर्न सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु हुँदैछ। 

    गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाएको बताएका छन्। बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित करिब ९० जना सहभागी हुने छन्।

    लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनको सभाकक्षमा हुने बैठकमा सहभागी हुन राउत आइतबार मध्यान्ह लहान आइपुग्ने कार्यक्रम छ। बैठकमा सहभागीलाई सदनमै खाने बस्ने व्यवस्था गरिएको छ। बैठकमा सहभागी हुन आउने हरेकलाई आफ्नो नागरिकता अनिवार्य गरिएको भनिए पनि त्यसको पुष्टि भने भएको छैन। 

    प्रहरी र सञ्चारकर्मीलाई पनि बन्देज
    बैठक स्थलभित्र प्रहरी तथा सञ्चारकर्मीलाई पनि प्रवेश निषेध गरिएको छ। सदनको मूल गेटमा कालो चस्मा र मास्क लगाएर बसेका गठबन्धनका कार्यकर्ताले विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुको झोला, शरीर खानतलासी गरी आधिकारिक परिचय पत्र देखाएपछि मात्र प्रवेश गर्न दिएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]