खेलकुद

ला लिगामा बार्साकाे दबदबा, मेसीको ह्याट्रिक

चैत ४, २०७५

    स्पेनिस जाइन्ट बार्सिलोनाले ला लिगा फुटबलको शीर्ष स्थानमा फराकिलो अग्रता कायम राखेको छ। आइतबार स्ट्राइकर लियोनेल मेसी ह्याट्रिक गरेपछि रियल बेटीसविरुद्ध बार्सिलोना ४–१ ले विजयी रह्यो। बार्सिलोनाका लागि थप एक गोल लुइस स्वारेजले गरे। रियल बेटीसका लोरेन मोरोनले एक गोल फर्काएपनि टिमका लागि निर्णायक बन्न सकेन्।

    पहिलो हाफको १८ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ४५ औं मिनेटमा पुन उनले ब्यक्तिगत तथा टिमको लागि पनि दोस्रो गोल गरे। 
    पहिलो हाफमा २–० को अग्रता बनाएको बार्सिलोनाले खेलको ६३ औं मिनेटमा अग्रता तेब्बर बनायो। ८२ औं मिनेटमा घरेलु टोलीका मोरोनले एक गोल गर्दै खेलमा गोल अन्तर घटाउने प्रयास गरे तर ८५ औं मिनेटमा मेसीले लालिगामा ३३ औं ह्याट्रिक पुरा गरे। 

    जितसँगै बार्सिलोनाले लिगमा १० अंकको अग्रता कायम राखेको छ। बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ। दोस्रो स्थानको एथलेटिको म्याड्रिडको ५६ अंक रहेको छ। पराजित रियल बेटीस ३९ अंकसहित आठौं स्थानमा रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]