खेलकुद

माईभ्याली गोल्डकप : उपाधि जित्ने शेर्पा र दाफिन्सको आ–आफनै दाबी

चैत ४, २०७५

    इलाम:  पाँचौँ संस्करणको माईभ्याली गोल्डकपको उपाधिका लागी हिमालयन शेर्पा र क्यामरुनी टोली दाफिन्स भिडदैछन। माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागी टिमहरू फाइनल पुगेका हुन्। प्रि म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षकले उपाधि आफ्नो पक्षमा पर्ने दाबी गरेका छन्। दाफिन्सका टिम मेनेजर आशिक थापा मगरले खेलमा हार जितको स्थिति बराबर देखिएपनि फिजिकल र स्टामिनाले आफ्नो टिम हाबी हुने बताए।

    यसअघिको खेलमा मिडफिल्ड लाइन कमजोर देखिएपनि फाइनल खेलमा जितका लागी आक्रमक शैलीमा टिम उत्रने उनले बताए।

    उनले भने ‘ झापाको स्तरीय मैदानमा खेल प्रदर्शनपछि इलाम आएको टिमले त्यस्तै मैदानको अपेक्षा गरेको थियो । सानो मैदानमा भएको कारण केही असहज भयो।'सुरुवातमा नेपालको खेल नवुझदा आफ्नै शैलीमा खेलेका थिए पछि नेपालमा कसरी खेल्ने भन्ने बुझेपछि अहिले सहज भयो। शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले टिम स्प्रिट उच्च भएकाले जित निस्कने बताए। टिम पुरानै रणनीतिमा खेल्ने भए पनि मनोबल उच्च भएकाले बलियो दाफिन्सलाई दबाब सृजना गर्ने उनले बताए।

    उनले भने ‘ नयाँ रणनीति छैन । थ्रीस्टार विरुद्ध देखाएको प्रदर्शन फेरी दोर्होयाउने लक्ष्य हो,सोचे अनुसारको खेल मैदान नहुँदा खेल्न कठिन भए पनि दाफिन्सको कमजोरीको फाइदा उठाउँदै स्कोर निकाल्छौ।’ दाफिन्स र हिमालयन शेर्पा पहिलो पटक भिड्ने लागेका हुन्। माइभ्याली गोल्डकपको लागि दुवै टोली यो संस्करणमा मात्र भाग लिएका हुन। माईभ्याली गोल्डकपमा शेर्पाले तीन खेलमा ११ गोल गर्दै पाँच गोल मात्र व्यर्होरेको छ। दाफिन्सले भने आफ्नो दुई खेलमा पाँच गोल गरेको छ भने एक गोल मात्र व्यर्होरेको छ।

     नेपाली फुटबलको नवप्रवेशी दाफिन्सले दुई महिनाको अवधिमा आठ  प्रतियोगितामा सहभागिता जनाउँदै तीन बटा उपाधि जितेको छ। दाफिन्सले पोखरा कप, २१ औ बुढासुब्बा गोल्डकप र २१ औ तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ। दाफिन्स चौथो उपाधिको लागी इलामको मैदानमा उत्रने छ। दाफिन्सका टिम मेनेजर थापा मगर कप उठाउने दुवै टोलीको सम्भाव्यता बराबर रहेको बताउँछन्। दाफिन्सका सिलो नाङ्गा फाइनल खेल गुमाउनेछन्। एपिएफ र पुलिस विरुद्ध उनले पहेँलो कार्ड पाएपछि १ खेल प्रतिबन्धमा परेका हुन । नाङ्गाको स्थान ओको बोटाले लिने थापा मगरले बताए।

    शेर्पाका ड्याडी वाम्बा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर विरुद्धको सेमीफाइनल दौरान घाइते भई हस्पिटलाइज भएका थिए। उनी फाइनलमा उत्रने सम्भावना न्यून देखिएको छ।  सहिद स्मारक लिगमा सातौँ स्थानमा रहेको हिमालयन शेर्पाले  सिजनमा दोस्रो पटक फाइनल खेल खेल्दै छ। दोस्रो विशाल मेमोरियल गोल्डकपको फाइनल पुगेको शेर्पालाई त्रिभुवन आर्मीले सडनडेथमा हराउँदै उपाधि जितेको थियो। लिगमा उत्कृष्ट खेल देखाउन नसकेका च्यासलका सुनिल खड्का हिमालय शेर्पा क्लबबाट इलाममा चम्किएका छन्।

    उनले तीन  खेलमा एक ह्रयाट्रिक सहित चार गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचीमा अग्रस्थानमा छन्। अघिल्ला संस्करणको माईभ्याली गोल्डकपको अनुभव बटुलेका निरज बस्नेत, गोलरक्षक किशोर गिरी सहित शेर्पा मैदानमा उत्रने छ। २०७१ सालबाट आयोजना सुरु गरिएको फुटबल प्रतियोगिता पूर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो। प्रतियोगिताको विजेताले नगद सात  लाख र उपविजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]