खेलकुद

आठौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा : सदस्यसचिव विष्ट

चैत ४, २०७५

    बाँके : राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने बताएका छन्। नेपालगञ्जमा सोमबार ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले यस्तो बताएका हुन्। 

    यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उनले बताए। यही चैत ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम मिति तय गर्ने विष्टले जानकारी दिए।'राष्ट्रिय खेलकूद प्रतियोगिता दुई–दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि चैतभित्र गर्नु जरुरी छ', उनले भन्नुभयो, “विसं २०७६ मा लैजाने भन्नु बेथिति बसाल्नु हो, हामी खेलकूदमा थिति बसाल्न लागि परेका छौँ ।' आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कसैले कुनै शङ्का नगर्न सदस्य सचिव विष्टले आग्रह गरे।

    “प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकूद प्रतियोगिता गर्नुपर्छ भन्ने सोचका साथ प्रतियोगिताको मिति घोषणा गरेका हौँ । यसलाई सम्पन्न गर्ने अभिभारा पनि मैरै हौ', उनले भने। जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामार्फत गरिएको खेलाडी छनोटमा रु २५ करोड खर्च भइसकेको विष्टले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]