समाज

अस्तव्यस्त विद्युत् लाइन, ज्यानै जाने खतरा

वडाध्यक्ष भन्छन्–विद्युत् कार्यालयले हामीलाई टेर्दे टेरेनन्

चैत ५, २०७५

    डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका–६ राजुल देवल दिव्यपुरमा विद्युत् प्रशारण लाइनका तार र पोलहरू अव्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढेको छ।

    अधिंकाश पोल ढलेर जमिनमा विद्युत् लाइनका तारहरू भुइँमा छुने होकी भने डरले स्थानीयले काठका पोलहरूले तारलाई जमिनमाथि राख्ने कोशिस गरेका छन्। निरन्तर करेन्ट प्रवाह भइरहेको पुडिलको ११ भोल्टेज विद्युत् लाइनले अधिकांस रूखहरू र सडकलाई नै छुँदा जोखिम बढेको छ।

    सो लाइनको नजिक विद्युत् लाइन नजिक कहिले स्याल कहिले चिलहरू मरेका भेटिने गरेको स्थानीय जनक मल्लले बताए। रूखलाई विद्युत् तारले छुँदाको जोखिम त छँदै छ। राजुल सामुदायिक स्वास्थ्य इकाइ नजिकै पोलमाथि राख्नु पर्ने टान्सफर्मर जमिनमै राखेको छ।

    दिनहुँ स्वास्थ्य चौकीमा आउने बाल बच्चाले हात लगाउँदा के हुन्छ? कसैले सोचको थिएन। जब एक दिन, एक जना स्थानीय करेन्ट लागेर बेहोस भए, त्यसपछि मात्रै स्वास्थ्य संस्थाको ध्यान तानियो। 

    ‘विद्युत सेवा व्यवस्थित छोटो गरिएयो हामी आफू पनि समस्यामा छौँ। कति बेला कसको ज्यानै जान्छ भने डरले सताउने गरेको छ’ सामुदायीक स्वास्थ्य ईकाइमा कार्यरत अनमि सीता बोगटी पालले गुनासो गर्दै भनिन्- ‘रात अबेरसम्म आवतजावत गर्नुपर्छ बाटैमा ट्रान्फफरमर छ कतिबेला करेन्ट लाग्छ।’

    चेतना मावि विद्याललयको प्रंगणमा रहेको पोलमै करेन्ट आउन थालेपछि विद्यार्थी पनि खतरा रहेको प्रधानाध्याक ओम प्रकाश पन्तले बताए। ‘थोरै पानी पर्नु हुँदैन करेन्ट आउन थालिहान्छ’ उनले भने ‘विद्यालयले ५० मिटर मात्र टाढा रहेको वडा कार्यालयलाई पटकपटक यसबारे जानकारी गएको भए पनि केही सुवाइ भएको छैन।’ राजुलको गाउँ पुग्ने मुख्य सडक तथा वडा कार्यालय नजिकै भएर जाने सडकमा पनि तार हातमाथि गर्दा नै छोइने खतरा कायम छ।

    यो समस्या आएको करिब ३ वर्ष नै भइसकेको छ। २०६१ सालमा निमार्ण भएको विद्युत् लाइन करिब दश वर्षपछि मात्र सुचारु भएको थियो।

    वडाध्यक्ष भन्छन् : विद्युत् कार्यालयले हामीलाई टेर्दे टेरेनन्

    अस्तव्यस्थ विद्युत लाइनले दु:खद् घटना घट्ने खतराले स्थानीय नागरीक र वडा कार्यालयले पटकपटक नेपाल विद्युत प्राधिकारण वितरण केन्द्र डडेल्धुरालाई लिखित र मौखिक निवेदन पेश गरेको अजयमेरु गाउँपालिका ६ का वडाध्यक्ष दानबहादुर खडका बताउँछन्। स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिलेबाट यो लाइन सुधारको माग गर्दै पटकपटक विद्युत् कार्यालयलाई अनुरोध गरेका छौं। उनले भने–‘विद्युत् कार्यालयले हामीलाई टेर्दे टेरेनन्।’

    नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र डडल्धुराको चरम लापरवाही एवं उदासीनताले स्थानीय सोजासाझा जनताले ज्यान गुमाउन खतरा बढेको अध्यक्ष खडकाको आरोप छ।

    सबै स्थानीय तहसँगको समन्वय गरेर आफूहरुले पोल तार वितरण गरेकाले यो समस्या पनि गाउँपालिकाले गर्नु पर्ने नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र डडेल्धुराका प्रमुख ईश्वरकुमार श्रेष्ठको भनाइ छ।

    ‘त्यो सयमा अजयमेरु गाउँपालिकामा सबैभन्दा बढी १ सय २१ पोल गएका छन् किन मर्मतका लागि अनुरोध गरिएन’ उनले भने -‘स्थानीय तहको समस्या उहाँहरूलाई नै बढी जानकारी हुन्छ भनेर पोल तार हामीले वितरण पहिले नै गरेका छौ अब आएर मेरो यहाँ यस्तो चाहियो भनेर भन्छन् कहाँबाट दिनू हामीले? कार्यालयमा सीमित पोल र तार आउँछन् त्यो सबै स्थानीय तहहरूलाई वितरण गरी सकेका छौँ।’

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]