राजनीति

प्रदेश १ को सरकारलाई प्रतिपक्षी कांग्रेसको आरोप: उपलब्धी देखिएन, स्वच्छचारी भयो

चैत ५, २०७५

    मोरङ : प्रदेश सरकार गठन भएको वर्ष दिन वितिसक्दापनि  प्रदेश १ सरकारले प्रभावकारी काम गर्ननसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठन भएको वर्षदिन बितेपनि प्रदेश सरकारले कुनै उपलब्धीमुलक काम गर्न नसकेको दाबी गरेको हो।

    मंगलबार सरकारको समिक्षा गर्दै एक नम्बर प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले घोषणा गरेको सय दिने कार्यक्रमपनि घोषणामा मात्रै सिमिति भएको बताए। प्रदेश एकमा सरकार नै कमजोर भएका कारण प्रतिपक्षी पनि कमजोर देखिएको उनको स्वीकारोक्ति थियो। 

    सभामुख र उपसभामुख एउटै दलको हुदापनि प्रदेश सभा र सरकार स्वेच्छाचारी ढंगबाट चलेको दलका नेता राजिव कोइरालाले आरोप लगाए। सरकारका मन्त्री र सभामुख, उपसभामुख एउटै दलको हुदा संसद बैठकमा मन्त्री ढिलो आउने गरेको उनको टिप्पणी रहेको छ। 

    मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट थुपारेको र निर्माणको ठेक्कापट्टामा समेत पार्टी कार्यकर्ता र आफन्त पोस्ने काम भएको आरोप कांग्रेसले लगाएको छ। मुख्यमन्त्रीका नामबाट सुरु परियोजना लथालिंग अवस्थामा पुगेको र मुख्यमन्त्री स्वयम्ले नै बजेट एकतृत गरेको, प्रदेश सरकारका कतिपय मन्त्रीहरुले नियुक्ति पत्र बिना  आफन्तलाइ मन्त्रालयमा खटाएको दाबी कांग्रेसले गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]