समाज

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, दुई विदेशी नागरिक घाइते

फाइल फाेटाे
चैत ५, २०७५

    कास्की: पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ। पोखरा महानगरपालिका १८ स्थित सरांकोट डाँडाबाट उँडेर फेवातालको किनार खपौँदीमा ल्याण्ड गर्ने क्रममा चिनियाँ पाइलट एलेक्स वक्रियन र चिनियाँ मुलकै सिंगापुरका याङ गुङ जी घाइते भएका हुन्।

    खपौँदीमा ल्याण्ड गर्नेक्रममा बिजुलीको तारमा अल्झेर उनीहरू दुर्घटनामा परेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए। उनीहरूको पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो १५ दिनभित्र पोखरामा अत्यधिक प्याराग्लाइडिङ दुर्घटना भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]