छापा

फेरियाे मौसम, चैत्रमै झरी, मौसमविद् भन्छन् राम्राे संकेत हैन

चैत ६, २०७५

    काठमाडौ‌ :  यो वर्ष चाँडै जाडो शुरु भयो। झण्डै १२ वर्षपछि हिउँदमा काठमाडाँैं उपत्यका वरपरका डाँडामा हिउँ पर्‍यो। त्यस्तै ‘प्रिमनसुन’ अगाडि नै सक्रिय भयो।

    विगत चार वर्षको तुलनामा यो वर्ष मौसम अलि फरक देखिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजेन्द्र शर्मा बताउन्। उनले भने, 'जाडो र गर्मी विस्तारै बढ्ने र सिमसिम पानी पर्ने प्रवृत्तिमा विगत वर्षको तुलनामा धेरै फरक आएको छ। अहिले जाडो वा गर्मी एक्कासि बढ्छ, पानी ह्वार्रर्र पर्छ। यो राम्रो लक्षण होइन। यसले कतै हाम्रो मौसमी प्रणाली अतिवृष्टि र अनावृष्टितर्फ त जाँदै छैन भन्ने शङ्का गर्न सकिन्छ।'

    साथै, नेपालको जमिनमा पानीको सतहमा कमी आएर सुक्खा बढ्ने किसिमको मौसम प्राणाली उन्मुख भइरहेको अनुमान विभागले गरेको छ। यस्तै, वर्षायाममा एक्कासि धेरै पानी पर्दा पहाडमा अचानक पहिरो जाने, तराईमा डुबान हुने र हिमताल फुट्ने उच्च जोखिम बढेको मौममविद् शर्माले उल्लेख गरे। पछिल्ला चारवर्ष तथा सन् १९७१ देखि २०१४ सम्मको ४३ वर्षको अवधिको मौसम फेरबदलको प्रवृत्ति हेर्दा प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियस अधिकतम र ०.००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम वृद्धि भइरहेको विभागकै अर्का वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताएकाे खबर गाेरखापत्र दैनिकमा छ।

    मौमसविद् मानन्धरका अनुसार पानी पर्ने दरमा भने वार्षिक माइनस १.३३३ मिलिमिटरका दरले कमी आइरहेको छ। नेपालको जलवायु प्रवृत्ति विश्लेषण सन् १९७१ देखि २०१४ नामक प्रतिवेदन अनुसार पूर्व मनसुनको अवस्थामा प्रतिवर्ष माइनस ०.०८१ मिलिमिटरका दरले कमी आएको छ।

    मनसुनको समयमा समेत माइनस ०.०८५ मिलिमिटरका दरले प्रतिवर्ष वर्षात् कम भइरहेको छ। हिउँदे वर्षामा माइनस ०.३२४ मिलिमिटरका दरले कमी आइरहेको छ । जसको असर नेपाल जस्तो कृषि प्रधान देशमा हुने मनसुनी खेतीमा सिधै पर्ने गरेको उनकाे भनाइ छ।

    डिसेम्बर ३१, २०१८ को दिन यसवर्षको सबैभन्दा चिसो दिनका रूपमा रेकर्ड भएको विभागका मौसमविद् शर्माको भनाइ छ। उक्त दिन माइनस ०.५ डिग्री सेल्सियस सम्म तापक्रम झरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]