जनकपुरधाम : जनकपुरधाममा एक महिला र बालिकाको शव जलेको अवस्थामा फेला परेको छ। जनकपुरधाम उपमहानगर-१६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा...
काठमाडौं : उपत्यकामा पछिल्लो २४ घन्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ४ जना सवारी चालक कारवाहीमा परेका छन्।
जथाभावि पार्किङ गर्ने १ सय १७, लेन मिचेर चलाउने २ सय १८, मादक पदार्थ सेवन गरी चलाउने ३४, जेब्राक्रसमा रोक्ने ३५, निषेधित स्थानमा हर्न बजाउने ४९, अवस्था ठिक नभएको सवारी चलाउने ४० र ढोका खुला राखेर चलाउने ४३ जना चालक कारवाहीमा परेका महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
मंगलबार विभिन्न शीर्षकमा गरिएको कारबाहीबाट ११ लाख, ५ सय रुपैयाँ राजश्व संकलन भएको छ। पछिल्लो २४ घन्टामा काठमाडौ उपत्यकामा भएका २७ वटा सवारी दुर्घटना हुँदा २७ जना सामान्य घाइते भएका छन् भने १ जनाको मृत्यु भएको छ।
यसैबिच बितेको २४ घन्टामा विभिन्न नाका हुँदै १० हजार ८ सय ९० गाडीमा ७१ हजार ४ सय ९३ जना यात्रु काठमाडौ उपत्यका भित्रिएका छन्। १२ हजार ५७ गाडीमा ८१ हजार २७ जना यात्रु बाहिरिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।