समाज

उद्योगी तुल्स्यान माथि फेरि पाँच दिनको म्याद थप

चैत ६, २०७५

    पर्सा:  वीरगन्जका उद्योगी श्यामकुमार तुल्स्यानलाई पुनः पाँच दिन प्रहरी निगरानीमा नै राखेर अनुसनधान गर्न म्याद थप भएको छ। अवैध किटनाशक औषधी उद्योग संचालन गर्दै आएका किसान एग्रो केमिकल्स वीरगन्जका संचालक तुल्स्यान २९ फागुनमा पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    अदालतबाट ५ दिन म्याद थप गरिएपछि उनलाई पुनः वीरगन्जको गण्डकस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलको सुविधायुक्त रुम नै राखिएको पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।  प्रमाण नष्ट गर्न सक्ने र फरार हुन सक्ने भएकोले उद्योगी तुल्स्यानलाई पर्सा जिल्ला अदालतले समेत प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न गएको फागुन २९ गते बुधबारका दिन अदालतले बाटो खोली दिएको थियो । गएको फागुन २८ गते सुक्ष्म अनुगमन ( छापामारी ) गर्दा उद्योगी तुल्स्यानले वीरगन्ज ४ को नारायणी अस्पताल छेउमा नै विना स्वीकृति, विना बोर्ड र मिति सकिएको किटनाशक औषधी समेत राखी रिप्याकिङ्ग गर्ने गरेको फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    २४ घण्टाभन्दा बढी अदालतको स्वीकृति नलिई प्रहरी हिरासतमा राख्न नपाइने प्रावधान अनुसार उनलाई गएको फागुन २९ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको पहिलो म्याद थप गरिएको थियो । चार जना जना न्यायकर्मीहरुले वहस गरेपछि प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न पर्सा जिल्ला अदालतका जिल्ला न्यायधीश चन्द्रकान्त पौडेलको एकल इजलासले ७ दिनको म्याद पहिलो पटक दिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाईमा सुक्ष्म अनुगमन गर्दा म्याद गुज्रेका औषधी पूनः प्याकिङ्ग गरेको, उद्योग संचालनका लागि स्वीकृति नलिएको, बोर्ड पनि नराखेको र राजश्वको तथ्याँक पनि नराखेको भेटिएपछि उद्योगी तुल्स्यानलाई प्रशासन कार्यालयकै निर्देशनमा नियन्त्रणमा लिएको उनको भनाइ छ। 

    अभियुक्तले स्वास्थ्य ठिक नभएको भनी अस्पताल जान भने पछि  वीरगन्जको गण्डकमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटलमा राखिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बता । ‘अन इजी भयो, प्रेसर लो भयो, अस्पताल जान्छु भने पछि अभियुक्त उद्योगी तुल्स्यानलाई पहिले नारायणी अस्पतालमा लगिए पनि त्यहाँका चिकित्सकले नीजि अस्पतालमा लान रेफर गरेपछि वीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको उनको भनाइ छ। अदालतमा भेटिएका उद्योगी तुल्स्यानले भने स्वास्थ्य अझै ठिक नभएकोले यहाँबाट छुटेपछि काठमाण्डौमा गई थप परिक्षण गराउने बताए ।

     
     

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]