विश्व

टर्कीमा ५.६ रेक्टरस्केलको भूकम्प

चैत ६, २०७५

    टर्कीमा ५.६ रेक्टरस्केलको शक्तिशाली भूकम्पको घक्का महसुस गरिएको छ। टर्कीको पश्चिमी प्रदेशस्थित डेनिज्लीमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

    भूकम्पको धक्काबाट केही भवनहरू भत्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। तत्काल त्यहाँ कुन हताहतीको खबर भने प्राप्त भएको छैन। टर्कीको कान्डिल्ली भू-गर्भ केन्द्रलेका अनुसार बुधबार बिहान ९ बजेर ३४ मिनेटमा भूकम्प धक्का महसुस भएको हो। केन्द्रले भूकम्पको केन्द्र ११.३ किलोमिटर गहिराइमा भएको मापन गरिएको छ। समाचारमा जनाइअनुसार उक्त भूकम्पपछि ४.८ र ४.५ का दुईवटा पराकम्प पनि गएको छन्।

    सयअघि १९९९ मा टर्कीको उत्तरपश्चिम क्षेत्रमा ७.६ को शक्तिशाली भूकम्पबाट १७ हजार मानिसहरूको मृत्यु भएको थियो। सरकारी अधिकारीले सो भूकम्पबाट १७,१२७ जनाको मृत्य र ४३ हजार ९ सय ५९ जना घाइते भएको बताएका थिए तर विभिन्न संस्थाहरूको तथ्यांकअनुसार उक्त घटनामा ४५ हजार जनाको ज्यान गएको थियो भने त्यति नै घाइते भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]