फिचर

फागुको रंगमा रमाएका विदेशी पर्यटक, फोटो फिचर

चैत ६, २०७५

    काठमाडौं : फागु पूर्णिमाको अवसरमा मनाइने रंगहरूको पर्व होलीको उल्लास शुरु भएको छ। मुलुकका पहाडी जिल्लाका बासिन्दाले आज बुधबार फागु पर्व मनाइरहेका छन् भने तराईका जिल्लाहरूमा भोलि बिहीबार होली मनाइने छ।

    रंगहरूको पर्वमा नेपाल आएका विदेशी पर्यटक पनि रमाइरहेका छन। काठमाडौं लगायत मुलुकका विभिन्न पर्यटकीय स्थानमा आइपुगेका पर्यटक स्थानीयसँग रंग खेलेर फागुपर्वको रमाइलो गरिरहेका छन।

    काठमाडौंका वसन्तपुर दरबार लगायत पर्यटकीय क्षेत्र ठमेलमा विदेशी पर्यटकले फागु पर्व मनाएका छन। स्थानीय र एकआपसमा रंग दलेर र शुभकामना साटासाट गरेर होली मनाइरहेका छन।

    फागु पर्वमा सेतो पहिरन लगाएर रंगीविरंगी रंगहरू एकआपसमा दल्ने र रमाइलो गर्ने गरिन्छ।

    हेर्नुहोस्, फागु पर्वमा रमाइरहेका विदेशी पर्यटकका तस्वीरः

    तस्वीरहरूः रासस

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]