विश्व

भारतीय हिरा कारोबारी नीरव मोदी लण्डनमा पक्राउ

चैत ६, २०७५

    भारतीय हिरा कारोबारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन्। उनीमाथि पञ्जाब नेशनल बैंकबाट लिएको दुई अर्ब डलर ऋण नतिरेको आरोप लागेको छ।

    अगस्टमा भारतले नीरवलाई पक्राउ गर्न माग गर्दै ब्रिटेनलाई पत्र लेखेको थियो। लण्डन प्रहरीका अनुसार ४८ वर्षीय नीरव लण्डनको होल्बोर्न क्षेत्रबाट मंगलबार गिरफ्तारमा परेका हुन्। उनलाई बुधबार लण्डनको वेस्टमिन्स्टर अदालतमा पेश गरिँदै छ। लण्डनस्थित वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले मोदीलाई पक्राउ गरेको हो।

    पञ्जाब नेशनल बैंकले सन् २०१२ मा मोदी र उनका काका मेहुल चौकसीको नेतृत्वमा रहेको ज्वलरी समूहले नक्कली कागजात पेस गरेर कर्जा लिएको आरोप लगाएको थियो। तर, उक्त आरोप सार्वजनिक हुनुभन्दा पहिला नै दुवै जनाले भारत छोडेर भागेका थिए।

    नीरवलाई केही समयअघि मात्रै लण्डनमा देखिएपछि उनीमाथि सञ्चार माध्यमहरूले सवाल उठाएका थिए। त्यसपछि भारत सरकारले लण्डनलाई पत्र लेख्दै नीरवलाई पक्राउ गर्न आग्रह गरेको थियो। उक्ट घटनालाई भारतीय इतिहासकै सबैभन्दा ठूलो बैंक घोटाला मानिन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]