समाज : सुरक्षा/अपराध

आइजिपी खनाल बैंकक प्रस्थान, एआइजी राईलाई निमित्त प्रमुखको जिम्मेवारी

चैत ६, २०७५

    काठमाडौं : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल बिम्स्टेक राष्ट्रिय सुरक्षा गोष्टीमा सहभागी हुन थाइल्याण्ड प्रस्ताथन गरेका छन। 

    तेस्रो बिम्स्टेक राष्ट्रिय सुरक्षा गोस्टीको लागि खनाल बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन।आइजिपी खनालसँगै उक्त कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी बलका भने सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापा बैंकक गएका छन।

    चैत ७ गते आयोजना हुने उक्त कार्यक्रममा बिम्स्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यक्रममा आतंकवाद, हातहतियार, लागूऔषध, मानव बेचबिखनलगायतका संगठित अपराध तथा विपद व्यवस्थापन र सुरक्षा क्षेत्रका विविध विषयमा सदस्य राष्ट्रबीच सहयोग आदानप्रदान, क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभवसमेतको आदानप्रदान लगायतका विषयमा छलफल हुने जनाइएको छ।

    आइजिपी खनालको अनुपस्थितिमा प्रहरी प्रधान कार्यालयको दैनिक कामकारबाही सम्हाल्न अतिरिक्त महानिरीक्षक ठूले राईलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]