विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जाने गरेको छ। बुधबार सन् २०२२ को तथ्यांक प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघले खानाको नोक्सानीलाई ...
भारतीय पूर्वक्रिकेटर गौतम गाम्भीरले राजनीतिक यात्रा शुरु गरेका छन्। अघिल्लो वर्षमात्र क्रिकेटबाट सन्न्यास लिएका गाम्भीरले शुक्रबार भारतीय जनता पार्टी भाजपाबाट राजनीतिक यात्रा शुरु गरेका हुन्।
प्रमुख सत्तारुढ भाजपामा आबद्ध भएका उनले यस वर्ष नै लोकसभा चुनावमा उम्मेदवारी दिने तयारी छ। गाम्भीरले शुक्रबार भाजपा नेतासमेत रहेका वित्तमन्त्री अरुण जेट्ली र कानुन मन्त्री रविशंकर प्रसादको उपस्थितिमा भाजपाको सदस्यता लिएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतका तर्फबाट ५८ टेष्ट, १ सय ४७ एकदिवसीय र ३७ टि ट्वेन्टी अन्तर्राष्टिय खेलेका छन्। आइपिएलमा कोलकाताले उनकै कप्तानीमा उपाधि जितेको थियो। अघिल्लो सिजनको आइपिएलमा दिल्लीको कप्तानी गरेका गम्भीरले लगातारको हारपछि प्रतियोगिता नसकिदै खेल्नै छाडेका थिए। त्यसपछि क्रिकेटका सबै संरचनाबाट सन्न्यास लिएका गौतमले पछिल्लो समय स्टार्स स्पोटर्समा कमेन्टेटरको रूपमा काम गरिरहेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।