समाज

कन्टेनर र टाटासुमो ठोक्किएर दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर घाइते

Representative Photo
चैत ९, २०७५

    विराटनगर : पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका ७ स्थित लेटाङ मोडपूर्वमा भएको सवारी दुर्घटनामा शनिबार दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन।

    दुर्घटनामा परेर झापा अर्जुनधारा–४ बस्ने ४७ वर्षीय रामकुमार अछामीको घटनास्थलमै र झापा गौरादहका ४५ वर्षीय प्रकाश मगरको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।  दुर्घटनामा परेर गम्भीर घाइते भएका ५५ वर्षीय दुर्गा मगर र १४ वर्षीया पवित्रा मगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ।

    दुर्घटनाम परेका अन्य भने सामान्य उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ। काठमाडौंबाट पूर्व जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कण्टेनरलाई ओभरटेक गर्ने क्रममा सोही दिशामा जाँदै गरेको बा ११च ७९४८ नम्बरको टाटासुमोले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईंले जानकारी दिए। दुवै सवारीका चालक भने सकुशल रहेको बताइएको छ।

    दुर्घटनामा परेका सवारी र सवारी चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ। टाटासुमोमा ८ जना सवार रहेको प्रहरीको भनाइ छ। घटना शनिबार बिहान ५ बजे भएको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]