विश्व

ट्रम्पलाई चुनावमा रुसले सहयोग गरेको विषयको छानबिन रिपोर्ट तयार

ट्रम्प र मुलर
चैत ९, २०७५

    सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा रुसले सघाएको विषयको छानबिन सम्पन्न भएको छ। अमेरिकी न्याय विभागले गरेको जाँचमा विशेष वकील रबर्ट मुलरले छानबिनको रिपोर्ट अमेरिकी न्याय विभागलाई बुझाएका छन।

    उक्त रिपोर्टको कति कुरा सार्वजनिक गर्न मिल्छ भन्ने कुरा महान्यायाधीवक्ताले फैसला गर्ने बीबीसीले लेखेको छ। अमेरिकी संसदले यो विषयमा चासो दिएर छानबिन गरिरहेको छ। महान्यायाधीवक्ता विलियम बर्रले अमेरिकी संसदलाई पत्र लेख्दै छानबिनको मूख्य कुरा यसै हप्ताको अन्त्यसम्ममा जानकारी दिने बताएका छन।

    मुलरको प्रतिवेदनबारे थप केही पनि बताइएको छैन।

    मुलरले ट्रम्पलाई सहयोग गर्न रुसले खेलेको भनिएको भूमिकाको छानबिन गरिरहेका थिए। उनलाई यो प्रतिवेदन तयार पार्न २२ महिना लागेको थियो।

    राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनका सांसदले मुलरको छानबिनप्रति बेला बेला प्रश्न उठाइरहेका थिए। उनीहरूले ट्रम्पलाई बदनाम गर्नका लागि चालिएको हथकण्डा भन्दै छानबिनको विरोध गरिरहेका थिए।

    सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई रुसले सहयोग गरेको आरोप लागेको थियो। राष्ट्रपतिमा पराजित हिलारी क्लिन्टन र विपक्षी दलले ट्रम्पको पक्षमा रुसले गोप्य डाटा सार्वजनिक गरेको आरोप लगएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]