अर्थ

पर्यटक तान्न कर्णालीमा त्रिभुज आकारको गुरूयोजना

चैत ९, २०७५

    कालिकोट :   कर्णाली योजना आयोग कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ। कर्णालीमा पर्यटकलाई भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारी कर्णाली योजना आयोगले जनाएको छ।

    सुर्खेत काक्रेबिहार, बुलबुले ताल देउती बज्यै, मुगुको रारा र डोल्पाको से–फोसुण्डो र त्रिपुरासुन्दरी जोड्ने त्रिभुज आकारमा पूर्वाधार निर्माण गरिने कर्णाली योजना आयोगका उपाध्यक्ष योजना आयोगका उपाध्यक्ष डा.पुण्यप्रसाद रेग्मीले बताए। ‘त्रिभुज आकारमा पूर्वाधार विकास लगाएतका क्षेत्रमा गर्ने गरी गुरुयोजना तयार पार्न लागेको छौं।’ उनले भने,‘त्यसका लागि प्रारम्भिक अध्ययन समेत सुरु गरेका छौँ ।’

    कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको त्यसलाई पूर्णता दिनका लागि पनि गुरुयोजनाको आवश्यकता रहेको आयोगका उपाध्यक्ष रेग्मीले बताए। ‘हामीले पर्यटक भित्र्याउनका लागि पूर्वाधार हस्पिलाटी र अन्य धेरै कुराको आवश्यकता रहेको छ।’ उनले भने,‘ती सबै क्षेत्रका पूर्वाधार तयार पार्ने गरी गुरुयोजना बनाउन लागेका छौं।’

    राराताल र से–फोसण्डो जोडन् ट्रेकिङ

    राराताल र से–फोसण्डो जोडन् ट्रेकिङ् लाइनको बनाउने त्यसका लागि अहिले पूर्वाधार विकास नभएका कारणले रारा गएका पर्यटकहरु से–फोसण्डो आएका पर्यटक रारामा नआउने र रारामा आएका पर्यटक से–फोसण्डो नजाने अवस्थाको अन्त्य गर्नका लागि अहिले ट्रेकिङ लाइनको विकास गर्न जरुरी रहेको कर्णाली योजना आयोगका उपाध्यक्ष रेग्मीले बताए। ‘अहिले हामीले पर्यटकलाई घुमाउन नै पाएका छैनौ।’ उनले भने,‘त्यसका लागि पर्यटकलाई घुमाउनका लागि रारा र से–फोसण्डो जोड्ने रुढ तयार पार्नु आवश्यता रहेको छ।’

    कर्णाली करिडोरमार्फत भारतीय पर्यटक

    कर्णाली करिडोर निर्माण भएमा भारतीय पर्यटकको वृद्धि हुने कर्णाली योजना आयोगले जनाएको छ। कर्णाली करिडोर निर्माण भएमा भारतीय पर्यटक मानसरोवर जान सजिलो हुने अहिले १५ हजार भारतीय पर्यटन हुम्लाको सिमीकोट हुदैँ जाने गरेको र भारतीय पर्यटकलाई कर्णाली करिडोर निर्माण भएपछि सजिलो हुने, पर्यटकको वृद्धि हुने कर्णाली विकास आयोगका उपाध्यक्ष रेग्मीले बताए।

    ‘कर्णाली करिडोर कर्णालीमा पर्यटक भित्र्याउने प्रमुख आधार हो।’ उनले भने,‘ यो सडक निर्माण भए भारतीय पर्यटकको वृद्धि हुनेछ।’

    सन् २०१८ मा  ३४ हजार पर्यटक

    कर्णाली योजना आयोगको तथ्याङ्क अनुसार सन् २०१८ मा ३४ हजार ९ सय ३२ जना मात्रै आन्तरिक पर्यटक कर्णालीमा भित्रिएका छन्। सबैभन्दा बढी रारा तालमा बढी पर्यटक आन्तरिक पर्यटक आएको छन्। विदेशी पर्यटकको संख्या निकै कम रहेको कर्णाली योजना आयोगले जनाएको छ।

    विदेशी पर्यटकमा सबैभन्दा बढी हुम्लामा आएको कर्णाली विकास आयोगले तथ्यांमा उल्लेख गरिएको छ। आयोगको तथ्यांक अनुसार रारामा एक वर्षको अवधिमा तीन हजार १४०, जुम्लामा आठ हजार ७३८, डोल्पामा पाँच हजार ४१, हुम्लामा तीन हजार ९८९, दैलेखमा तीन हजार ६१६, कालिकोटमा २ हजार ७४१ जना, सुर्खेतमा तीन हजार १००, जाजरकोटमा दुई हजार दुई सय ५८ र सल्यानमा ६२२ जना आन्तरिक पर्यटकले घुमेका उल्लेख गरीएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]