समाज

उद्यमी महिलालाई प्रोत्साहन गर्न नेपालगञ्जमा प्रदर्शनी

चैत १०, २०७५

    बाँके : महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न नेपालगन्जमा ‘महिला उद्यमी प्रोत्साहनका लागि महिला उद्यमीहरुद्वारा उत्पादित बस्तुहरुको प्रदर्शनी मेला’ सुरु भएको छ। महिला उद्यमी संघ, बाँकेले आयोजना गरेको मेलामा बाँकेका उद्यमी महिलाले उत्पादन गरेका हस्तकला, मस्यौरा, खेलौना, खानेतेल, झोला, लत्ताकपडा, तरकारीलगायतका बस्तु विक्रीका लागि राखिएका छन्।

    महिलाले उत्पादन गरेको बस्तुको प्रचारप्रसार गरी बजारीकरण गर्न मेला आयोजना गरिएको संघकी अध्यक्ष सुशीला गौतमले बताइन्। मेलामा ५० भन्दा बढी महिलाले उत्पादन गरेका बस्तु प्रदर्शनीमा राखिएको छ।

    चार जना सम्मानित

    महिला उद्यमी संघले चार जना उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको छ। घर व्यवहारसँगै उद्यम गरेर उदाहरणीय कार्य गरेको भन्दै संघले चार जना उत्कृष्ट महिला उद्यमीलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष गौतमले बताइन्।

     
    पञ्चशील हस्तकला केन्द्रकी नीरु चौधरी, मनकामना सिमेन्ट टायल उद्योगकी मीना गौडेल, लुम्विनी गार्मेन्टकी काली मियाँ र आशा सार्कीलाई सम्मान गरिएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]