समाज

ढुंगाले लागेर बालिकाको मृत्यु

चैत १०, २०७५

    इलाम : बाटो खन्ने क्रममा जेसीबीबाट खसेको ढुंगाले लागेर इलाममा एक बालिकाको ज्यान गएको छ। दिउँसो ३ बजे इलाम नगरपालिका ८ स्थित गरीमा टोलअन्तर्गत भित्रि कच्ची सडक खन्ने क्रममा खसेको ढुंगाले लागेर १३ वर्षीया एलिसा न्यौपानेको ज्यान गएको हो।

    बाटो मुनि (तल) सोतर (पात पतिङगर) बटुल्दै गरेकी न्यौपानेलाई माथिबाट खसेको ढुंगाले टाउकोमा लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवलदार विजय राईले जानकारी दिए। घटनापछि जेसिवी चालक फरार रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]