काठमाडौं : सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालनमा ल्याइएको छ। शुक्रबारको गोरखापत्रमा समाचार छ, पर्यटन विभागका साहसिक ...
काठमाडौं : संघीय संसदले प्रत्येक पाँच पाँच वर्षमा अन्तरविद्यालयमा प्रधानाध्यापकको सरुवा गर्ने प्रस्ताव अघि सारेको छ। शिक्षा नीतिको विषयमा सुझाव दिन गठित संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको शिक्षा उपसमितिले सो प्रस्ताव अघि सारेको हो।
प्रतिवेदनमा आधारभूत तहको प्रधानाध्यपकको योग्यता स्नातकोत्तर र माध्यमिक तहको प्रधानाध्यापकको योग्यता कम्तीमा एमफिल हुनुपर्ने उल्लेख रहेको समाचार राजधानी दैनिकमा छ।
यसैगरी, संघीय संसदले ३५ विद्यार्थी बराबर एक शिक्षक दरबन्दीको व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ। अहिले एक शिक्षकको भरमा ४२ जना विद्यार्थी पर्ने तथ्यांक छ। सामुदायिक विद्यालयमा हाल ६१ लाख विद्यार्थी अध्ययनरत छन्। जसमा एक लाख ४७ हजार ३०६ शिक्षक कार्यरत छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।