प्रवास

नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट नेपाल प्रस्थान

चैत १३, २०७५

    काठमाडौं : पत्नी सीता दाहालको उपचारका लागि अमेरिकामा रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किदै छन्। 

    अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सितासहित नेपाल प्रस्थान गरेकाे प्रचण्डको सचिवालयले जनाएको छ। उनी बिहिबार मात्रै काठमाडौं आइपुग्नुहुनेछन्। उनलाई न्युयोर्क विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीलगायतले विदाई गरे।

    अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि गत चैत्र ४ मा अमेरिका गएका थिए। उनको साथमा छोरी गंगा दाहाल पनि अमेरिका गएकी थिइन्।  सीता दाहाललाई पार्किन्सन भएपछि उनको उपचारका लागि यसअघि भारत र सिंगापुरका अस्पताल लगिएको थियो। त्यहाँ उपचार गर्दा पनि निको नभएपछि उनलाई अमेरिका लगेर उपचार गराइएकाे हाे।

    सीताकाे अमेरिका पुगेका अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक भेट पनि गरे उनले नेपालका लागि पूर्वअमेरिकी राजदुत स्कट डेलेसी ,अमेरिकी विदेश मन्त्रालय कि दक्षिण तथा मध्य एसिया मामला हेर्ने कार्यबाहक सचिव एलिस वेल्च,मेरिल्याण्ड राज्यका ईतिहास नेपालीमुलका विधान सभा सदस्य एचबि ह्यारी भण्डारीसँग भेटवार्ता गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]