काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
कञ्चनपुर : बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातको समयमा ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन्। इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो।
चौकीको ढोकासमेत तोडफोड भएको उनले बताए। पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ। पक्राउ परेकामाथि सार्वजनिक शान्तिसुरक्षा विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ। ढुंगामुढा गर्नेको समूहबाट प्रहरीले एक भारतीय नम्बर प्लेटको र एक नेपाली नम्बर प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ।
मोटरसाइकल चोरी गर्ने पक्राउ
बेदकोट नगरपालिका– ३ का राकेश चन्दको म२प ५३०९ नं को मोटरसाइकल घरबाट चोरी गरेर लाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घरमा राखिएको मोटरसाइकल हिँडाएर लाँदै गरेको अवस्थामा विकास दास र जीवन खातीलाई रंगेहात पक्राउ गरी हिरासतमा राखिएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। दुवै जनामाथि चोरी उद्योगअन्तर्गत मुद्दा चलाइने बताइएको छ।
यसैबीच, शुक्लाफाँटा नगरपालिका-१० झलारीमा रहेको श्रीकृष्ण बहुमुखी क्याम्पसमै गएर छात्रछात्रालाई अश्लील गालीगलौच गर्ने राजेन्द्र तिरुवालाई समेत प्रहरीले बुधबार पक्राउ गरेको छ। यही चैत ८ गते क्याम्पसमा तिरुवाले अश्लील रूपमा गालीगलौज गरेका थिए। क्याम्पस प्रशासनले प्रहरीलाई यसबारे जानकारी दिएपछि तिरुवा फरार रहँदै आएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।