खेलकुद

सोल्सजरलाई म्यानचेष्टरले दियो पूर्णप्रशिक्षकको जिम्मेवारी

चैत १४, २०७५

    इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले अन्तरिम प्रशिक्षक ओले गन सोल्सजरलाई पूर्णप्रशिक्षकको जिम्मेवारी दिएको छ। जोसे माउरिन्होलाई बर्खास्त गरेसँगै अन्तरिम प्रशिक्षकको भूमिकामा काम गरिरहेका म्यानेचष्टर युनाइटेडका पूर्वखेलाडीसमेत रहेको नर्वेली प्रशिक्षकलाई तीनवर्षका लागि पूर्ण प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो।

    उनी डिसेम्बर १९ मा युनाइटेडका अन्तरिम प्रशिक्षक भएसँगै उनको नेतृत्वमा म्यानचेष्टरले उत्कृष्ट खेल प्रस्तुत गरिरहेको छ। कुनै समय इंग्लिस प्रिमियर लिगको छैठौं स्थानमा रहेको युनाइटेड अहिले पाँचौ स्थानमा रहेको छ।

    सोल्सजर अन्तरिमक प्रशिक्षकहुँदा शीर्ष चार टोलीको भन्दा युनाइटेड ११ अंकले पछाडि रहेको थियो। अहिले तीन अंकको फरकमा रहेको छ।  उनको नेतृत्वमा युनाइटेडल लगातार आठ खेल जितेको थियो। 

    च्याम्पियनस लिगमा पहिलो लिमा पछाडि परेको अवस्थामा दोस्रो लिगमा फ्रान्सेली पावर हाउनस पिएसजीसँग उत्कृष्ट पुनरागमन गर्दै अन्तिम आठमा समेत स्थान सुरक्षित गरिसकेको छ। युनाइटेडले क्वार्टरफाइलनमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]