राजनीति

विप्लवका नाममा गरिएको हिंसाकाे राजनीति अस्वीकार्य : मुख्यमन्त्री पोखरेल

चैत १४, २०७५

    दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले हिजोको परिस्थितिको शिरानी हालेर विप्लवका नाममा गरिएको हिंसा र त्रासको राजनीतिक स्वीकार्य नहुने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तुलसीपुर नगर कमिटीको शपथ ग्रहण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्य‍मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

    मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेस, तत्कालीन एमाले र माओवादी केन्द्रले हतियार उठाउनु पर्ने परिस्थिति र अहिलेको परिस्थितिमा आकाश र जमिनको फरक भएको भन्दै विगतमा गरिएको हिंसालाई अहिलेको हिंसासँग तुलना गर्न नमिल्ने बताए। उनले विप्लव माओवादीले गरेको हिंसालाई राजनीतिक रूपमा अर्थ्याउनु नपर्ने समेत बताए।

    ‘त्यो दल न दर्ता भएको छ। न त त्यसले संविधानलाई स्वीकार गरेको छ। न त त्यसले गरेका गतिविधिहरू राजनीतिक छन्’ मुख्यमन्त्री पोखरेलले भने, ‘सुशासानका लागि विद्रोह गर्ने हो भने संविधानको दायरामा बसेर राज्यलाई साथ दिनु पर्‍यो नि! अनियमितताका प्रमाण जुटाय सरकार कारबाही गर्न स्वयं तयार छ। त्यसका लागि विद्रोह गर्नु पर्दैन।’

    अहिलेको संविधान नेपाली जनताले ल्याएको भन्दै संघीयताको विकल्प खोजेर एकतात्मक राज्यमा फर्किन्छु भन्ने कुराको कल्पनासमेत गर्न नहुने बताए। आफ्नै कार्यकर्ताहरू पनि विप्लव माओवादीलाई लगाएको प्रतिबन्धप्रति अलमलमा परेको देख्दा आश्चर्यमा परेको भन्दै मुख्यमन्त्री पोखरेलले विगतमा सबैले हिंसात्मक राजनीति गरेका बताए। विप्लव समूहको तर्क समयानुकूल उचित नभएको उनले टिप्पणी गरे।

    त्यसैगरी, अर्काे फरक प्रसंगमा उनले नगर कमिटिका पदाधिकारीलाई पार्टीको कार्यदिशा, नीति, कार्यक्रम र विचारलाई जनता सामु लैजाने र जनप्रतिनिधिले गरेका राम्रा कामको पनि प्रचारमा जुट्नु पर्ने बताए। दुई वटा पार्टीलाई एकता गरेर बलियो पार्टी निर्माण गरेको बताउँदै उनले एकता कार्यलाई आधारभूत रूपमा सम्पन्न गरेको बताए।

    निराशा छाएका बेला नेतृत्व तहले बेला-बेलामा आशा जगाउने काम गरेको भन्दै मुख्यमन्त्री पोखरेलले वैशाख १० गतेसम्म जिल्लाको कमिटी पनि चमत्कारी रुपमा मिल्ने कुरामा ढुक्क रहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]