बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिव...
दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसंख्या घट्ने अनुमान गरिएको छ। दक्षिण कोरियाली तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो कुरा प्रष्ट भएको हो।
तथ्यांक विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमानअनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरू सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो।
सो संख्या सन् २०६७ सम्मकै सबैभन्दा बढी हुने देखिन्छ। त्यसपछि सो संख्या घट्न सुरु हुने भएको बताइएको छ। सन् २०१७ मा उक्त उमेर समूहका नागरिकको संख्या सबैभन्दा बढी पुगी त्यसबाट घट्दै जाने देखिएको सो तथ्यांक विभागले जनाएको छ।
सन् २०२० बाट वार्षिक रूपमा औषत ३ लाख ३० हजार काम गर्ने जनसंख्या घटदै जाने बताइएको छ। सन् १९५५ बाट १९६३ सम्म जन्मेकाहरू बृद्ध उमेरमा प्रवेश गर्ने भएकोले काम गर्नेहरूको संख्या घट्दै जाने तथ्यांक विभागले बताएको छ।
सो विभागकाअनुसार काम गर्ने उमेर समूहको जनसंख्या सन् २०१७ मा ७३ प्रतिशत थियो भने यो संख्या घटेर सन् २०५६ मा पुग्दा ४९.९ प्रतिशत पुग्ने बताइएको छ।
यसैगरी सो जनसंख्या सन् २०६७ मा पुग्दा ४५.४ प्रतिशत पुग्ने छ। यसरी सन् २०६७ मा यो जनसंख्या दक्षिण कोरियाको इतिहासमा नै सबैभन्दा कम हुन जाने कुरा उक्त समाचारमा जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।