समाज

ट्रकबाट पल्टिँदा सहचालकको मृत्यु

चैत १४, २०७५

    उदयपुर : सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराघाटको कोशी पुलमा बिहीबार ट्रकबाट लडेर सोही ट्रकका सहचालकको मृत्यु भएको छ। चतरामा हुने कुम्भ मेलाको लागि बाँस लोड गरे ल्याउँदै गरेको को१ख २५६९ नम्बरको ट्रक घुमाउरो सडकमा मोड्ने क्रममा लडेर सहचालको मृत्यु भएको हो।

    प्रदेश १ प्रहरी कार्यालय, विराटनगरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेका अनुसार उदयपुर बेलका नगरपालिका ८ बस्ने १९ वर्षीय हेमन्त मगर मृत्यु भएको हो।

    गम्भीर घाइते भएका मगरलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। दुर्घटनापछि ट्रकका चालक फरार रहेकोले खोजीकार्य जारी राखेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]