काठमाडौं : ललितपुरको लुनिभा सेकेण्डरी स्कुलले दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। ललितपुर महानगरपालिका&ndash...
तनहुँ : दुलेगौंडामा बसको ठक्करबाट बिहीबार एक पैदल यात्रुको मृत्यु भएको छ। मृत्य हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-५ की ७८ वर्षीया सावित्री खत्री रहेकी छन्।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ८४११ नम्बरको बसको ठक्करबाट खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
बसको ठक्करबाट घाइते भएकी खत्रीलाई तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्चात थप उपचारका लागि क्षेत्रीय अस्पताल पोखरा पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको अर्यालले बताए। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।