राजनीति

‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ

चैत १४, २०७५

    काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको सहकार्यमा बिहीबारदेखि ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ गरिएको छ। 

    प्रथम चरणमा काठमाडौँ उपत्यकाका ३४ ट्राफिक प्रहरी कार्यालय र उपत्यका बाहिर वीरगञ्जसम्मको करिडोरमा पर्ने ३० ट्राफिक प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयको डाटा सेन्टरमा रहेको सर्भरमा जोडिने गरी उक्त प्रणालीको शुभारम्भ गरिएको हो। उक्त प्रणालीमार्फत सडक दुर्घटना भएलगत्तै त्यससम्बन्धी तथ्यांक विद्युतीय प्रणालीमार्फत डाटा सेन्टरमा पठाउन सकिने प्रहरीले जनाएको छ। 

    सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको आज काठमाडौँमा शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रणाली फलदायी हुने उनले विश्वास व्यक्त गरे। 

    वर्तमान सरकारले सडक सुरक्षामा विशेष ध्यान दिन सडक सुरक्षा काउन्सिल बनाउने पहल गरिरहेको उनले बताए। काठमाडौँलाई व्यवस्थित गर्नसके देशभर राम्रो हुने उनको भनाइ थियो। सो कार्यमा सरोकारवाला निकाय, नागरिक, सञ्चारकर्मीलगायतको सहयोग आवश्यक रहेको उनले औँल्याए। समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सो प्रणाली अत्यन्त उपयोगी भएको र बीमा दाबी, तथ्यांक संकलन तथा अनुसन्धान जस्ता बहुप्रयोजन कार्यका लागि प्रणाली फलदायी हुने बताए।

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी दिनमा दुर्घटना र यसबाट धनजनको क्षति नहोस् भन्ने उद्देश्यका साथ योजना निर्माण गर्न सो प्रणाली सहयोगी हुने बताए। यसअघि झापाबाट दुर्घटना न्यूनीकरण गर्ने अभियान थालनी भएको थियो। प्रहरी महानिरीक्षक खनालले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन तथा जाम हटाउन सरोकारवाला पक्षसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए। 

    कार्यक्रममा यातायात व्यवस्था विभागका प्राविधिक सल्लाहकार डा पदमबहादुर शाहीले उक्त प्रणाली र यसको उपयोगितासम्बन्धी जानकारी दिए। विसं २०७५ मंसिर ५ गतेदेखि उक्त प्रणालीको शुरुआत भएदेखि हालसम्म ५३२ सवारी साधन दुर्घटनाको पूर्ण विवरण सो प्रणालीमा भण्डारण गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]