समाज

परीक्षा दिन नपाएको विरोधमा जनकपुरमा विद्यार्थीको प्रदर्शन

चैत १५, २०७५

    जनकपुरधाम : माध्यमिक परीक्षा बोर्ड (एसईई) को प्रश्नपत्र लगातार दुई दिन स्थगन भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। बुधवार अनिवार्य विज्ञान र बिहीबार सामाजिक विषयको परीक्षा स्थगन भएको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

    परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थी जनकपुरधामको पिडारी चोक, भानु चोक, रामानन्द चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीहरू सडकमा टायर बालेर प्रदेश तथा संघीय सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

    नियोजित रूपमा प्रश्नपत्र 'आउट' गरेर परीक्षा रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै उनीहरूमा प्रदर्शनमा उत्रिएका हुन्। बुधवार सप्तरीबाट अनिवार्य विज्ञान विषयमा प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो।

    बिहिीबार जनकपुरधामबाट सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबारको परीक्षा स्थगन गरिएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]