साहित्य

सुन्दरीचोकमा 'सुन्दरीचोक' सार्वजनिक

चैत १५, २०७५

    काठमाडौं : पाटनको सुन्दरीचोकस्थित सुन्दरीचोक परिसरमा निबन्धकार ज्ञानेन्द्र विवशद्वारा लिखित निबन्ध सङ्ग्रह 'सुन्दरीचोक' सार्वजनिक भएको छ।

    वाङ्मय शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख क्रमशः विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जन, साहित्यकार तथा सम्पादक दुर्गाप्रसाद श्रेष्ठ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको निवर्तमान उपकुलपति शारदा चित्रकारले संयुक्त रुपमा लोकार्पण गरेका थिए।

    सो अवसरमा आफ्नो शुभकामना तथा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै लोकार्पित सुन्दरीचोकमा कला, संस्कृति, सम्पदा र जनजीवनका विविध पक्षमा लेखकको काव्यतात्मक अनुभूति अभिव्यक्त भएको चर्चा गरिएको थियो। ३० ओटा विभिन्न शीर्षकका निबन्धहरू समेटिएको सङ्ग्रहमा निबन्धकार विवशले समसामयिक सन्दर्भका विषयलाई निबन्धको आकारमा ढालेर कलात्मक सुन्दरता थपी सत्य र तथ्यको विवरण पेश गरेको बताइएको थियो।

    सुन्दरीचोकको प्रत्येक निबन्धले नेपालीपन बोल्दछन्। ती निबन्धहरूमा नेपाली प्रकृतिको बयान भेटिन्छ। अधिकांश निबन्धमा नेपाली संस्कृति र नेपाली जीवन शैलीहरूको मीठास महसुस हुन्छ। खासगरी पहाडी जनजीवन र उपत्यकाको सांस्कृतिक वैभवलाई सुन्दरीचोकमा निकै सुन्दर किसिमले उतारिएको संस्कृतिविद् सत्यमोहन जोशी बताए।

    यसअघि विवशका निबन्ध, नियात्रा, संस्कृति र कलाविषयक एक दर्जन कृतिहरु प्रकाशित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]