समाज

स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु

चैत १६, २०७५

    बाँके : कोहलपुरमा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। 

    बर्दियाकी उषा चौधरी र बाँकेका लोकबहादुर शाहीको मृत्यु भएको हो। शुक्रबार बेलुकी कोहलपुर नगरपालिका-५ मा भे ७ प १४ ४० र भे ८ प २१६५ नम्बरका स्कुटर ठोक्किएपछि बा १५ च २०९६ नम्बरको गाडीले दुवै स्कुटरलाई ठक्कर दिएको थियो। 

    ठक्करका कारण दुवै स्कुटरका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घाइते हुनेमा स्कुटरको पछाडि सवार अन्‍य दुईजना छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]