काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मोरिससका (गैरआवासीय) राजदूत हेमन्दोयल डिल्लम...
काठमाडौं : बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी गरेर उच्च प्रतिफल प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। लगानी सम्मेलन अन्तर्गत 'नेपालमा लगानीः अनुभव आदानप्रदान' सत्रमा उनीहरूले यस्तो बताएका हुन्।
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्ध निर्देशक आशिष रायले नेपाली लगानी गरेर आफूहरुले उच्च प्रतिफल प्राप्त गरेको अनुभव सुनाउँदै यहाँ उपलब्ध शिक्षित जनशक्तिलाई प्रयोग गरेर अन्य क्षेत्रमा समेत मुनाफा आर्जन गर्न सकिने बताए। जविद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुने देखेर आफूहरु लगानीका लागि प्रेरित भएको बताए।
सतलजले अरुण तेस्रो जलविद्युत् आयोजनामा गरेको लगानीले आगामी पाँच/छ वर्षदेखि प्रतिफल दिने र बाँकी अवधिको भने पूरै मुनाफा हुने भन्दै नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि आग्रह गरे। उनले नेपालका कूल जलविद्युत् क्षमताको ५० प्रतिशत हिस्सा मात्र उत्पादन गर्न सके १०/१५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय चार गुणा बढ्न सक्ने सम्भावना औँल्याए।
गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको उल्लेख गरे। नेपालमा लगानी गरेर विश्वमै उच्च नाफा लिन सकिने मुलुकका रुपमा रहेको भन्दै उहाँले समस्या हरेक देशमा हुने भए पनि पछिल्ला दिनमा भने यहाँ खासै लगानीका लागि व्यवधान नरहेको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।