समाज : सुरक्षा/अपराध

साथीको हत्या आरोपमा तीन जना पक्राउ

चैत १६, २०७५

    पर्वत : आफ्नै साथीको हत्या गरेको आरोपमा पर्वत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। हत्यापछि जंगलमा लुकिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    मोदी गाउँपालिका-८ चित्रेका ३३ वर्षीय सन्तोष भन्ने गंगाप्रसाद विकको हत्यामा संलग्न उनकै ३ जना साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए। 

    मंगलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा २३ वर्षीय दलबहादुर नेपाली, २३ वर्षीय रवीन सुनार र २६ वर्षीय कृष्णबहादुर सुनारले गंगाप्रसादको हत्या गरेका अनुसन्धामा खुलेको उनले बताए। चित्रेको नेपानेमा रहेको सादी खोलामा उनीहरूले गंगाबहादुरको हत्या गरेर उनको शवलाई नाङ्गो बनाएर फालेका प्रहरीले जनाएको छ।

    घटनापश्चात् नेपानेमै रहेको सामुदायिक जंगलमा लुकेर बसेको अवस्थामा डिएसपी तिवारी सहितको टोलीले मंगलबार राति नै दलबहादुर र रवीनलाई पक्राउ गरेको थियो। घट्नापछि कृष्णबहादुर भने फरार रहेका थिए। उनको खोजी गर्न पर्वत प्रहरीले पोखरा र चितवनको टाँडीमा पनि टोली खटाएको थियो।

    खटिएको टोलीले कृष्णबहादुरलाई पनि नेपानेकै जंगलबाट चैत शुक्रबार बिहान साढे ४ बजे पक्राउ गरेको प्रहरी प्रमुख तिवारीले बताए। उनका अनुसार घटना भएको ठाउँ वरपर रातिमा पनि सुक्ष्म निरीक्षण गरिरहेको प्रहरी टोलीले भोक लागेपछि खानेकुरा खोज्न जंगल बाहिर निस्कने क्रममा उनलाई पक्राउ गरेको हो।

    उनीहरूका बीचमा के विषयमा झगडा भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]