समाज

सामुदायिक वनका पूर्व-उपाध्यक्षद्वारा वर्तमान अध्यक्ष कुटिए

चैत १६, २०७५

    उदयपुर : असारी सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका १३ उदयपुरमा पूर्व उपाअध्यक्षद्वारा वतर्मनमा अध्यक्ष कुटिएका छन्। आफ्नै समूहमा डढेलो लगाउँदै गरेको अवस्थामा भेटेपछि वर्तमान अध्यक्ष ७२ वर्षीय ब्रम्हलाल दाहालाई पूर्व उपाअध्यक्ष विष्णुबहादुर थापा उर्फ मणिडनले कुटपित गरे गम्भीर घाइेते बनाएको गाइघाट डिभिजन वन कार्यालय जानकारी दिएको छ। 

    शुक्रबार राती डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले वनमा डढेलो लगाउँदै गरेको अवस्थामा पुर्व उपाध्यक्ष भेटिभएपछि वर्तमान अध्यक्ष दाहालले प्रहरी र वन कर्मचारीलाई किन खवर गरेको भन्दै कुटपिट गरी गम्भीर घाइते बनाएको बताए। ‘वनमा डढेलो दिनप्रतिदिन नियन्त्रण गर्ने प्रयास जारी थियो’ उनले भने, ‘समूहका पदाधिकारीहरू राती राती छडके गर्न जाने गरेका थिए। त्यही क्रममा असारी सावउसका अध्यक्ष लगायतका पदाधिकारी जाँदा सोही सावउसकै पूर्व उपाअध्यक्ष डढेलो लगाउँदै गरेको अवस्थामा भेटिएछन्। किन सुराकी गरिस् भन्दै कुटपिट गरेछन्।’

    कुटाई खाने ७२ वर्षीय बृद्धा अध्यक्ष अहिले गाईघाटमा रहेको सिभिल हस्पिटलमा उपचार गराईरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गौरव भट्टले बताए। ‘कुटाई खाने अध्यक्षको ढाड, टाउको लगायतका शरिरका भागमा चोट लागेको छ’, उनले भने, ‘उपभोक्ताले नै पक्राउ गरेर पुर्व उपाध्यक्षलाई प्रहरीको जिम्मा लगाएका रहेछन्।’ 

    वनमा आगो लगाउने पूर्व उपाध्यक्षले अध्यक्ष दाहालसँगै सोही सावउसका उपभोक्ता भविन्द्र थापालाई पनि कुटपिट गरेका छन्। डिभिजन वन कार्यालयका अनुसार गएरातीनै असारी सावउसमा लागेको डढेलोले ३० देखि ४० हेक्टर वन सखाप भएको छ। ‘वन ऐन अनुसार कारवाही गर्ने छौं’ भट्टले भने, ‘वन ऐन अनुसार ३० देखि ५० हजारसम्म विगोको क्षतिपूर्ति तिर्नुपर्छ। अनि घाइतेको उपचार गर्नुपर्छ।’

    यसैगरी वनमा डढेलो लगाउने क्रममा भेटिएका देउराली सावउस चौदण्डीगढी नगरपालिका ३ मा एक जनालाई जरिवान तिराइएको छ। वनमा आगो लगाउने दिलिप तामाङलाई ३२ हजार ५०० जरिवान गरिको वन डिभिजन कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]