अर्थ

नेपालमा एक अर्ब ३५ करोड डलर लगानी गर्ने आइएफसीको घोषणा

चैत १६, २०७५

    काठमाडौं :  अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले एक अर्ब ३५ करोड डलर नेपालमा लगानी गर्ने जनाएको छ। नेपाल लगानी सम्मेलनमा सहभागी हुन आएका आइएफसी उपाध्यक्ष पिटर लेन्क्सले एक अर्ब ३५ करोड लगानी गर्ने योजनामा रहेको प्रतिक्रिया दिएका हुन्। 

    उनले यो लगानीको लागि आइएफसीको बोर्ड स्वीकृति आवश्‍यक रहेको बताएका छन्। उपाध्यक्ष लेन्क्सकाअनुसार अहिलेसम्म आइएफसीले नेपालमा ५० मिलियन डलर लगानी गरेको छ। उनले नेपालमा लगानी गर्न आइएफसी उदार भएको बताउँदै नेपालको निजी क्षेत्रलाई समेत तयार हुनको लागि आग्रह गरे। 

    उनले निजी क्षेत्रलाई प्रतिस्पर्धामा आउनका लागि समेत आह्वान गरेका छन् 'निजी क्षेत्र प्रतिस्पर्धामा आउनुपर्छ, आफ्नो बजारलाई बन्द गर्नु भएन,’ लेन्क्सले भने,’ नेपालको निजी क्षेत्रले सामाजिक र पर्यावरणीय मानकलाई मान्नुपर्छ।'

    एक डलर बराबर १०० रुपैयाँ आधार मान्दा यो रकम एक खर्ब ३५ अर्ब हुन आउँछ। अहिले भने एक डलर बराबर ११० रूपैयाँ रहेको छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]