राजनीति

परीक्षा स्थगितको विरोध : राज्यमन्त्रीसहित ६ गाडीमा तोडफोड

चैत १६, २०७५

    जनकपुरधाम : माध्यमिक परीक्षा परीक्षा (एसइई) को प्रश्नपत्र लगातार दुई दिन बाहिरिएपछि बाँकी रहेका सबै विषयको परीक्षा स्थगित गर्ने सरकारको निर्णयविरुद्ध प्रदेश २ को जिल्ला जिल्लामा विरोध प्रदर्शन भइरहेको छ। अनिवार्य विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीहरू आन्दोलनको क्रममा प्रदेश २ का राज्यमन्त्रीको गाडीसहित ६ वटा गाडीमा तोडफोड गरेका हुन्।

    धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केवर सडक खण्डको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुढा गरेका छन्। ढुंगामुढा राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

    जनकपुरधामको पनि विभिन्न चोकमा विद्यार्थीले प्रदर्शन गरेका छन्। चोकचोकमा टायर बालेर उनीहरूले प्रदर्शन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, मुख्यमन्त्री लालबाबु राउत गद्दी र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको राजीनामा माग गरेका छन्।

    एसइईअन्तर्गतका परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीले जनकपुरधामको पिडारी चोक, भानु चोक, रामानन्द चोक लगायतका स्थानहरूमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्। विद्यार्थीहरू सडकमा टायर बालेर प्रदेश तथा संघीय सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]