काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर २ हजार ४१ दश...
काठमाडौं : अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि लगानी जुटेको छ। नौ सय मेगावटको अरुण तेस्रो आयोजनाको लागि सन् २०१६ भित्र लगानी जुटाउने प्रतिबद्धता भारतीय कम्पनीले लिए पनि अहिलेसम्म जुटाउन सकेको थिएन्।
नेपाल लगानी सम्मेलनको क्रममा सतलजले लगानी जुटाएको हो। यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट बैंक र नवील बैंकले संयुक्त रूपमा लगानी गर्ने सहमति गरेका छन्। शनिबार यी तीन बैंकले लगानीको लागि सतलज कम्पनीसँग सम्झौता गरेका हुन्।
विद्युत् उत्पादन भएको २५ वर्षमा चालु अवस्थामा नेपाल सरकारलाई उपलब्ध गराउने गरी अघि बढाइएको यो परियोजना निर्माण सुरु भएको पाँच वर्षभित्र बनाइसक्ने सर्त रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।