अर्थ

लगानी सम्मेलन : पाँच क्षेत्रका १५ परियोजनामा कहाँ कसको लगानी आयो?

चैत १६, २०७५

    काठमाडौं : लगानी सम्मेलनका क्रममा नेपालका पाँच क्षेत्रका परियोजनामा लगानी प्रतिबद्धता आएको छ। सरकारले एक दर्जन परियोजनाका सम्झौता गर्ने तयारी गरेकोमा १५ परीयोजनामा शनिबार सम्झौता गरिएको हो। टेलिकम, होटल, वित्त, ऊर्जा र उद्योग क्षेत्रमा लगानी लगानी गर्ने विषयमा सहमति भएको छ। 

    ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ भने ६०० मेगावट सौर्य ऊर्जाको लागि सम्झौता गरिएको छ।  

    कहाँ कसको लगानी ?

    ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि अपुग लगानी जुटाउन प्रवर्द्धक कम्पनी र तीन बैंकले सहमति गरेका छन्। अरुण तेस्रो जलविद्युत आयोजनाका लागि स्टेट बैंक अफ इन्डिया, नेपालको एभरेस्ट बैंक र नवील बैंकबीच सझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

    कोरियाको कम्पनीले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर २६० मेगावाटको जलविद्युत आयोजना बनाउन ६५० मिलियन डलर लगानी गर्ने विषयमा सहमति भएको छ।   

     लगानी बोर्ड नेपाल इएफसीबीच बाराको सिमरामा विशेष आर्थिक क्षेत्रमा दुई वटा (बि र सी) ब्लक बनाउने विषयमा सम्झौता गरिएको छ। पिपी मोडलको लगानीका लगानी इन्भेस्टमेन्ट वोर्ड नेपाल, इन्टरनेशल फाइनान्स करर्पोरेशनबीच समझदारी गरिएको हो। यसको लागि चार करोड ८८ लाख लागत अनुमान लगानी बोर्डले गरेको थियो।

    गैरआवासिय नेपालीले १० अर्ब रुपैयाँको फण्ड स्थापना गर्ने विषयमा सम्झौता गरेको छ। औद्योगिक यो रकम प्रदान गरिने विषयमा सम्झौता गरिएको हो। 

    चाइना न्यूकिलियर पावर कम्पनीले प्रस्तावित १६४ मेगावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजना बनाउने सम्झौता गरेको छ। यो आयोजनाका लागि हाइड्रो सोलुसन र सांघाई इनभेस्टमेन्ट डिजाइन एण्ड रिसर्च इन्सिच्युटबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

    ताइवान र चिनियाँ कम्पनीको साझेदारीमा काभ्रेको बनेपामा हिमालयन बुटिक रिसोर्ट निर्माणका लागि सम्झौता-पत्रमा हस्ताक्षर भएको छ। हिमालय बुटिक काभ्रे प्राइभेट लिमिटेड र सिन्सिया कम्पनी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो रिसोर्टको पाँच करोड ६० लाख लागत अनुमान गरिएको छ।

    भारतको मुथट फाइनान्सले युनाइटेड फाइनान्सको स्वामित्व खरिद गर्ने विषयमा सम्झौता गरेको छ। स्वामित्व खरिदका लागि उसले ३९ करोड रुपैपाँ लगानी गर्ने उल्लेख गरिएको छ। 

    नेपाल वेयर हाउस र नेशनल कोल्याटर म्यानेजमेन्ट सर्भिसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। १२औँ मा नेपाल फेडेरेसन लाइसेन्स कम्पनी र म्यानमार लाइसेन्स कम्पनीबीचको सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    चौधरी ग्रुपसँगको सहकार्यमा चार परियोजना

    चौधरी  ग्रुपले ४ वटा परियोजना छुट्टाछुटै विदेशी साझेदारसँग सम्झौता गरेको छ। स्काई पावर लिमिटेडसँग मिलेर ६०० मेगावाटको सोलार ऊर्जा उत्पादनको लागि सम्झौता गरिएको छ। सोलारसम्बन्धी लगानीका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सिजी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्माण चौधरीबीच समझदारी भएको छ।

    फाइभजी मोबाइल टर्किस कम्पनी टेलिकर्ससँग सम्झौता गरेको हो। चौधरी ग्रुपले भारतको सरार्फ ग्रुपसँगको साझेदारीमा लजिस्टिक पार्क बनाउने समझदारीमा सम्झौता भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]