समाज

हुम्लामा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

चैत १६, २०७५

    हुम्ला : जिल्ला सदरमुकाम सिमकोटमम मोबाइल, ल्याण्डलाइन इन्टरनेट सेवा नहुँदा सेवाग्राही मर्कामा परेका छन्। संचार सेवामा जिल्लाकै प्रमुख माध्यमको रुपमा रहेको नेपाल टेलिकमको सम्पूर्ण सेवाहरू शनिबार विहान ८ बजेबाट अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्।

    नेपाल टेलिकमद्बारा प्रवाह गरिने ल्याण्डलाइन, प्रिपेट, पोस्पेट, जिएसएम, एडिएसएल, वाइम्याक्स लगायतका सेवा संचालन गर्दै आएको नेपाल टेलिकम शाखा हुम्लाले रिपिटर टावरमा खराबी आएको हुन सक्ने आशंका गरेको छ। शनिबार भएकोले कर्मचारी समेत कार्यालयमा नबसेकै कारणले के कसरी कुन ठाउँमा खरावी आएको भन्ने बारेमा अनविज्ञ भएको सिमकोटबाट पत्रकार दाने बोहराले बताए।

    नेपाल टेलिकमबाट प्रवाह हुने एडिएसएल सेवा अवरोध हुँदा सरकारी तथा गैर सरकारी कार्यालयमा बढेको कामको चटारोमा समेत थप प्रभाव पारेको  छ। जिल्लामा उपलब्ध हुने इन्टरनेट सेवा एडिएसएल सेवा बन्द हुँदा विशेष गरी वित्तीय संस्थाहरू, बैंकिङ सेवा बढी मारमा परेका छन्। यता नेपाल टेलिकम शाखा कार्यालयले जिल्लामा रहेको टेलिकम टावरमा  खरावी  के कारणले आएको कार्यलयमै कर्मचारी नभएकै कारणले बुझ्न नसएिको सेवाग्राहीले बताएका छन्। 

    हुम्लाको सदरमुकामा सिमकोट टेलिकमा रहेको रिपिटर टावरमा खराबी आएको हुन सक्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका इन्जिनियर सुशिम पोखरेलले बताए। उनका अनुसार सिमकोटमा रहेको नेपाल टेलिकम शाखासँग सम्पर्क नभएकोले मर्मतपछि संचार सेवा खुल्ने बताए। यता सेवाग्राही भने फोन तथा इन्टरनेट सेवा सुचारुको लागि नेपाल टेलिकम तथा स्थानीय प्रशासनसँग समन्वय गरे पनि कुनै पहल नभएको भन्दै गुनासो गरेकाछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]