काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
बर्दिया : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका-९ वनगाँई ग्याङ नदी नजिक मोटरसाइक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प ६९६८ र विपरीत दिशाबाट आइरहेको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
मृत्यु हुने बर्दिया मधुवन–१ का २१ वर्षीय सुरज चौधरी १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का २३ वर्षीय खगेन्द्र बस्नेत रहेको इलाका प्रहरी बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए।
उनीहरुमध्ये सुरज र कृष्णाको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।