राजनीति

वर्तमान सरकार पूर्वराजा जस्तो होइन : बाँस्कोटा

चैत १७, २०७५

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन्। रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तलुना नगर्न आग्रह गरेका हुन्। सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिबद्धता पनि गरे।

    उनले भने, ' प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ। स्वतन्त्रता अपहरित हुँदैन। केही पनि हुँदैन। ज्ञानेन्द्रसंग तुलना नगर्नुहोला। ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष, उद्देश्य, लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र देशभक्ति पूर्ण आन्दोलन र जनताको नागरिक आन्दोलनको लागि विल्कुल भिन्न पृष्ठभूमि हो। कसैले जनताको अधिकार खोस्यो। कसैले जनताको अधिकारका निम्ति संगसंगै लडेर आएको छ। ७ साल देखि नै लडेर आएको छ।  सधै यो कुरा किन उठाउनुहुन्छ।  मलाई अच्चम लाग्छ।'

    उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गरे। उनले भने, 'प्रतिष्ठित पत्रकारहरु वास्तविक पत्रकारहरु अहिले लज्जित हुदैछन्। रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के के सम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले? के लेखियो भनेर? आफ्नो धोति फुस्केको थाहा छैन। सरकारमाथि ख्याउ ख्याउ अचम्म लाग्छ।'

    नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उहाँले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गरे। सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणीप्रति पनि उनले आक्रोश पोखे। उनले भने, 'कसले फेसबुकमा प्रतिबन्ध लगाउने भन्या छ ? कस्ले टुईटरमा लगाउने भन्या छ? पैसा चाहि तिर्नुपर्छ कि पर्दैन यहाबाट पैसा लगेपछि? ट्याक्स चाही तिर्नुपर्छ कि पर्दैन ? हाम्ले सम्वृद्ध राष्ट बनाउने भन्या छौ। विज्ञापनको बजार विस्तार हुनुपर्छ कि पर्दैन?'

    उनले आगामी बर्षमा समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिड विज्ञापन प्रणाली लागु हुने उद्घोष गरे। उनले यसै वर्ष ल्याउने तयारी भईरहेको मिडियाको पनि छाता ऐनले पनि सञ्चार क्षेत्रलाई थप व्यवस्थित पार्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]