खेलकुद

आठौँ राष्ट्रिय खेलकुद : ३५ खेलमा ३ सय ७२ स्वर्णका लागि प्रतिष्पर्धा हुँदै

चैत १७, २०७५

    काठमाडौं : बैशाख ५ गतेदेखि ११ सम्म हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३५ खेलमा ३ सय ७२ स्वर्णका लागि प्रतिष्पर्धा हुने भएको छ। मौसमको चरम प्रतिकूलता रहने समयमा सरकारले बैशाखको पहिलो साताबाट नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेको हो।

    नेपालगञ्जमा चरम गर्मी मौसममा हुने आठौं राष्ट्रिय खेलकुदका लागि ४३ करोड ८५ लाख बढी खर्च हुने खेलकुद मन्त्रालयले जनाएको छ। जसका लागि अहिलेसम्म कुल ३२ करोड ८४ लाख निकासा भइसकेको मन्त्रालयले जनाएको छ। प्रतियोगिताका लागि अपुग ११ करोड ९२ लाखका लागि खेलकुद मन्त्रालयमार्फत अर्थमन्त्रालयमा पत्रचार गरिसकिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। परिषदले प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको जनाएको छ।

    प्रतियोगितामा देशभरबाट सम्पूर्ण ३५ विदामा ५२ सय ११ जना खेलाडीले सहभागिता जनाउने जानकारी दिएको छ। जसमा पुरुषतर्फ २ हजार ८२५ खेलाडीले प्रतिष्पर्धा गर्दा महिलातर्फ २ हजार ३८६ खेलाडी प्रतिष्पर्धामा रहने छन्। त्यस्तै ६ सय ४० प्रशिक्षक रहँदा टिम व्यवस्थापकका रूपमा ४ सय ६१ जनाको सहभागिता रहने छ। प्रतियोगितामा ९२२ जना अन्तर्राष्ट्रिय निर्णायकको रूपमा रहँदा स्थानीय ४ सय ७१ निर्णायक मैदानमा रहने छन्। प्रतियोगितामा खेलाडी, अफिसियल, रेफ्री, जुरी आयोजकका समितिहरू गरी कुल १० हजार जना प्रत्यक्ष संलग्न रहने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।

    आठौँ राष्ट्रिय खेलकुदका लागि मन्त्रालयले खेलाडी तथा अफिसियलका लागि खाना र बसोबासका लागि मात्रै ४६ लाख ७१ हजार खर्च गर्दा रेफ्रीहरूको यातायात र निर्णाक भत्ताका लागि मात्र ५६ लाखा ३३ हजार खर्च गर्दै छ। त्यस्तै प्रतियोगिताका लागि गठित विभिन्न उपसमितिहरूबाट उसले दुई करोड ७२ लाख खर्च गर्दै छ।

    राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई २५ हजार

    प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई  २५ हजार नगद पुरस्कार दिइने छ भने व्यक्तिगततर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई १५ हजार र सामुहिकतर्फ स्वर्ण जित्ने टिमलाई ७ हजार दिने राखेपले जनाएको छ। स्वर्ण पदक जित्ने खेलाडीको पुरस्कारमा व्यक्तिगत र सामुहकि गरी कुल १ करोड ३२ लाख खर्च हुने आयोजकको दाबी छ।

    प्रतियोगितामा कुल १३ सय ७ पदकका लागि प्रतिष्पर्धा हुने छ। जसमा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत, ५ सय ६३ काश्यका लागि प्रतिष्पर्धा हुने छ। यद्यपि आयोजकले टिम इभेन्ट र व्यक्तिगत इभेन्टलाई मध्यनजर गर्दै कुल ७ सय ९३ स्वर्ण र रजततर्फ ११ सय २ वटा मेडल व्यवस्थापन गर्दै कुल २६ सय ८८ मेडल तयार गर्नु पर्ने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]