साहित्य

महेश पौड्यालको 'शून्य प्रहरको साक्षी' सार्वजनिक

चैत १७, २०७५

    काठमाडौं: समालोचक तथा साहित्यकार महेश पौड्यालको नयाँ कविता कृति 'शून्य प्रहरको साक्षी' सार्वजनिक भएको छ। राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा कवि श्यामल, कवि एलबी क्षेत्री, मोमिला जोशी र डा. नवराज लम्सालले भृकुटी मण्डपमा जारी पुस्तक प्रदर्शनीमा उक्त कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए।

    सो अवसरमा वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्दै सार्वजनिक कृतिमा कला, संस्कृति, र हाम्रा जनजीवनका विविध पक्षमा लेखकले काव्यतात्मक अनुभूति अभिव्यक्त गरेको चर्चा गरे। १०८ वटा विभिन्न शीर्षकका छोटा कविताहरू समेटिएको संग्रहमा पौड्यालले समसामयिक सन्दर्भका विषयलाई काव्यिक शैलीमा ढालेर कलात्मक सुन्दरता थपेको वक्ताहरूले बताए।

    कृति हरेक कविताले आफूलाई प्रश्न गर्दछ। हाम्रा समस्यालाई हामीले अरूलाई दोष दिने गरेका छौं। यस कृतीबाट समाजका समस्याको कारण आफू हो कि होइन भन्ने प्रश्न गरेको वक्ता डा. नवराज लम्सालले बताए। कार्यक्रममा कवि मोमिला जोशीले कवि पौड्याल कथा लेखन र समालोचकमा मात्र नभई कविता लेखनमा पनि उत्कृष्ट रहेको धारणा व्यक्त गरिन्।

    लामो समयदेखि छोटा कविता लेखनमा सक्रिय पौड्यालको छोटा र अर्थपूर्ण कविता उनको काव्यिक पहिचान हो। सरल देखिने तर गहन र दार्शनिक सत्यलाई अभिव्यक्त गर्ने कवि पौड्यालको विशेषता हो। पूर्वीय सभ्यताको गर्तबाट टिपिएका कथ्य र बिम्ब उनको कविताको विशिष्टता हो। गीत लेखनमा समेत सक्रिय पौड्यालका गद्य कवितामा समेत गीतिचेत र सांगितिक लयविधान सबैले महसुस गर्न सक्छन्।

    प्रमुख अथिति समेत रहेका कवि श्यामलले पौड्यालका कविता लाको अध्ययनबाट खारिएर लेखिएको बताए। उनले छोटा कविता समावेस यस कृतिले नेपाली कवितालाई लामो समयसम्म जीवन्त आकार बनाउनेमा आपू ढुक्क रहेको धारणा व्यक्त गरे। सार्वजनिक कार्यक्रममा गायक सुरेश लामाले आफ्ना तीन वटा गीत गाएर माहोल अझ तताएका थिए।

    पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]