स्वास्थ्य

फ्रिजमा राखेको खानेकुराले मुटुलाई समेत असर

चैत १७, २०७५

    काठमाडौं : गर्मी मौसममा धेरैले शितलताको महसुस गर्नका लागि फ्रिजमा राखेको खानेकुरा खाने गर्छन्।  कोल्ड ड्रिक्स खाने गर्छन्। धेरै गर्मी भएका बेलामा फ्रिजमा राखेको चिसो खानेकुरा खानाले तत्काल केही शितलता बनाए पनि स्वास्थ्यको हिसाबले भने राम्रो मानिँदैन। लामो समयसम्म फ्रिजमा राखेको चिसो खानेकुरा खानेलाई तत्काल घाटीको समस्या हुनेदेखि मुटुमा समेत समस्या हुने चिकित्सकले बताउने गरेका छन्।

    वजन बढाउँछ : खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ। यसको खराब असर मेटाबोलिजममा पर्छ। जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ। जसले गर्दा लामो समयसम्म फ्रिजमा राखिएका चिसा खानेकुरा खानु राम्रो मानिँदैन।

    टन्सिल हुन्छ : धेरै चिसो पानी पिउँदा वा खानेकुरा खाँदा सबैभन्दा बढी असर घाँटीमा हुन्छ। धेरै चिसो पानी पिउनेलाई लामाे समयसम्म टन्सिलले सताउँछ।लामो समयसम्म फ्रिजमा राखिएको चिसो खानेकुरा खानेलाई निमोनिया समेत हुने सम्मभावना हुने गर्छ।

    शरीरको गडबड: सामान्यतया शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ। यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ।  तर धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन। जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ।

    मुटुको गति कम पार्छ : जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुन सक्छ। एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ। भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ। पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ।

    पाचन प्रक्रियामा असर : बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ। किनकि यसले रक्तसञ्चारमा असर गर्छ,जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]