समाज

भोटखोला गाउँपालिका कार्यालयमा शंकास्पद वस्तु भेटियो

चैत १७, २०७५

    संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका कार्यालय परिषरमा  शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। गाउँपालिका कार्यालयमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु डिस्पोज अझै भएको छैन। 

    भोटखोला गाउँपालिका-३ हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागीको घटना शंकास्पद भएको छ। आगो आफैँ लागेको हो वा अज्ञात समूहले लगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार राति आगोलागीपछि कार्यालयका सम्पूर्ण कागजात, फर्निचर, ग्यास सिलिन्डर लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। 

    कार्यालय  परिषरमा भेटिएको वस्तु डिस्पोज गर्ने सेनाको टोली घटनास्थल पुगे पनि सोमबार मात्र डिस्पोजल हुने प्रहरीले जनाएको छ। केही महिनाअघि पनि भोटखोलाको वडा नम्बर ३ को वडा कार्यालय तोडफोड भएको थियो। गाउँपालिका कार्यालय सदरमुकाम खाँदबारीबाट करिब एक सय किलोमिटर दूरीमा पर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]