काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयले केन्द्रीय कार्यसमितिको बैठक चैत २३ गते शनिबार बोलाएको हो। केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनितिक परिस्थितिबारे र भातृ संस्था नेपाल विद्यार्थी संघको अधिवेशनबारे छलफलका लागि बैठक डाँकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
त्यसैगरी, कांग्रेसका जिल्ला सभापतिहरूको भेला पनि आह्वान भएको छ। कांग्रेसको महासमिति बैठकले पारित गरेको विधान केन्द्रीय कार्यसमितिले उल्ट्याएको विषयमा विरोध जनाइरहेका जिल्ला सभापतिको भेला हुन लागेको कांग्रेसका काठमाडौं सभापति सबुज बानियाँले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।