विश्व

जुजाना बनिन स्लोभाकियाकी पहिलो महिला राष्ट्रपति

चैत १७, २०७५

    स्लोभाकियाकी भ्रष्टाचार विरोधी अभियन्ता जुजाना कापुटोवा राष्ट्रपति निर्वाचित भएकी छन। उनी स्लोभाकियाकी पहिलो महिला राष्ट्रपति निर्वाचित भएको बीबीसीले लेखेको छ।

    जुजानासँग राजनीतिको अनुभव भने छैन। उनले राजनीतिक दलका शीर्ष नेता मार्कोस सेफ्कोविक लाई पराजित गरेकी हुन। मार्कोस सत्तारुढ दलबाट राष्ट्रपतिका उम्मेदवार बनेका थिए।

    जुजानाले राष्ट्रपति निर्वाचनका क्रममा यो निर्वाचन सही र गलतबीचको भएको बताउँदै आएकी थिइन।

    यो चुनावका बेला एक खोजी  पत्रकारको मृत्यु भएको थियो। मृतक पत्रकार लगातार नियोजित तरिकाबाट भइरहेका अपराधिक गतिविधि र राजनीतिको बीचको सम्बन्धका बारेमा समाचार प्रकाशित गरिरहेका थिए। उक्त खोजकै क्रममा उनको गोली हानेर हत्या गरिएको थियो। फेब्रुअरी २०१८ मा उक्त हत्या भएको थियो। उक्त घटनालाई राष्ट्रपति निर्वाचनसँग जोडिएको थियो र मुद्दा बनाइएको थियो।

    जुजानाले निर्वाचित भएपछिको सम्बोधनमा आफू राष्ट्रपति पदको उम्मेदवार बन्नुको ठूलो कारण हत्या गरिएका पत्रका जैन कुसिएक पनि भएको बताइन।

    राष्ट्रपति निर्वाचनमा जुजानाले ५८ प्रतिशत र उनका प्रतिद्वन्दी ले ४२ प्रतिशत मत प्राप्त गरेका थिए।

    जुजाना पेशाले वकील हुन। ४२ वर्षीया उनका दुई सन्तान छन। उनी प्रोग्रेसिव स्लोभाकिया पार्टीकी सदस्य हुन। उनको पार्टीबाट संसदमा एउटा पनि सांसद छैनन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]