बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
काठमाडौं : पछिल्लो समय नेपाल प्रहरीले गुण्डा विरुद्धको कारबाहीलाई तीव्र पारिरहेकै बेला गुण्डा नाईके दीपक मनाङेलाई पक्राउ गरेको छ । बिहीबार राति मनाङेसहित उनका दुई सहयोगीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं परिसरका प्रहरी प्रमुख विक्रम सिंह थापाका अनुसार प्रहरीले मनाङेसहित उनका सहयोगी राजिवकुमार सिंह र अर्का एकलाई पक्राउ गरेको छ । काठमाडौका विभिन्न ठाउँमा थर्काउँदै पैसा असुलेको भन्दै उनका विरुद्धमा उजुरी परेको थियो ।
सम्पति शुद्धीकरणमा मुद्दा खेपिरहेका मनाङेले केही दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएको भन्दै प्रहरीमा उजुरी परेको थियो । त्यससँगै मनाङ्गेमाथि ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको अराेप लागेकाे थियाे । साे उजुरीका अाधारमा उनलाइ पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । उपत्यकामा सक्रिय अन्य गुण्डा नाइकेहरुलाई पनि निगरानीमा राखिएको एसएसपी थापाले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।