समाज

खोला तारिदिए बापत सांसदले तिरिन् २५ रुपैयाँ

बाढी आएको जाजरकोटको एक खोलामा बोकेर यात्रु तार्दै युवाहरु। फोटो : टेकप्रसाद बिसी
असार १७, २०७३

    जाजरकोट : पुल नहुँदा वर्षाको समयमा रुकुमको घेत्माखोला तर्न निकै सकस छ। सामान्य मान्छे आफ्नै बलबुताले खोला तर्न सक्दैनन्। 

    काठेपुल बुधबार आएको बाढीले बगाएको छ। अहिले केही स्थानीय बासिन्दाले खोलामा काठ राखेर डोरीको सहायताले खोला तर्न सहयोग गरिरहेका छन्। रुकुम, जाजरकोट र डोल्पाका मानिस आवतजावत गर्ने प्रमुख बाटोमा पर्ने घेत्माखोलामा पक्की पुल नहुँदा बर्सेनि यस्तै हैरानी हुन्छ। 

    जिल्लामा भएका विकास निर्माणको अनुगमन गर्न गाउँ आएकी जाजरकोटकी सांसद रीता रावललाई पनि घेत्माखोला तर्न उस्तै सकस भयो। स्थानीय बासिन्दाको सहयोगमा खोला तरेपछि सांसद रावलले २५ रुपैयाँ दिइ। उहाँसँग मात्रै होइन खोला तारेर सहयोग गरेबापत सबैले २५ रुपैयाँ दिनुपर्ने खोला तार्दै आएका स्थानीयवासी सेतु खत्री बताउँछन्।  

    जाजरकोट–डोल्पा सडकको राडी छेपारे सडकखण्डमा पर्ने रुकुमको घेत्माखोला तारिदिएबापत सांसद रावलले २५ रुपैयाँ तिरेकी हुन्। “सहयोग बिना खोला तर्न गाह्रो छ”, खोला तरेपछि एक यात्रु सुनिता बोहराले भनिन्। खोलाबाट वारपार गर्न समस्या भएपछि प्रतिव्यक्ति २५ रुपैयाँ लिएर काठ र डोरीको सहायताले यात्रुलाई तार्ने गरेको खत्रीले बताए। खोलामा पुल बनाउनका लागि धेरै पटक हारगुहार गरे पनि बजेट नपरेको उनले गुनासो गरे।

    उनले यात्रुलाई सहयोग गर्न भनेर जोखिम मोलेरै भए पनि खोला तार्ने गरेको बताए। खोला बढेपछि यातायातका साधनसमेत तर्न सक्दैनन्। 

    यात्रुले रकम तिरेर खोला तर्न बाध्य भएको र यातायातका साधन तर्ने गरी पक्की पुलको व्यवस्थाका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने सांसद रावलले बताइन्। घेत्मा खोलाको यो क्षेत्र रुकुम क्षेत्र नं २ का सांसद एवम् पूर्वमन्त्री जनार्दन शर्माको क्षेत्र हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]